ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भुकम्प पिडितलाई ट्रान्सपरेन्सीको साथ: पिडित भने संस्थाले हाम्रा समस्या सुल्झाईदियो ।

काठमाडौं,चैत ३०। ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले ५ वर्षमा भुकम्प पुनिनर्माणमा पारदर्शी रुपमा काम भएको जनाएको छ ।

भ्रष्ट्राचार विरुद्ध क्रियाशिल नागरिक संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार कार्यक्रम सम्पन्न गर्दै पाँच वर्षको अवधिमा पारदर्शी रुपमा काम भएको बताएको हो । आफूहरु तिन हजार गतिविधिमा १ हजार प्रत्यक्ष सहभागी संगै लाखौ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी गराई लिएको प्रतिक्रियामा र संघ संस्थासंगको सहकार्यमा पारद्शी रुपमा काम भएको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष पदिमनि प्रधानाङ्गले जानकारी दिनुभयो । ‍

सुरु सुरुम केही कानुनी जटिलता र सहकार्यको अभावका कारण काममा ढिलाई भएको प्राधिकरणले बताएको छ ।बैशाख ११ गते धरहराको उद्घाटन समेत गर्ने प्राधिकरणले बताएको छ ।

पुननिर्माणको कार्यमा मुख्य जिम्मेवारी लिएको राष्ट्रिय पुननिर्माण प्राधिकणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले ९२ प्रतिशत नीजि आवासको काम सकाएको र ७ प्रतिशत समेत बन्ने क्रममा रहेको बताउनुभयो । भएका सबै जटिलतामा आफूहरु प्रत्यक्ष रुपमा जोडिएर सहजीकरण गर्ने सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

समापन कार्यक्रमा उपस्थित केही स्थानिय जनप्रतिनिधि तथा पिडितहरुले ट्रान्सपरेन्सीको सहकार्यले पुलको भुमिका निभाएको समेत बताए भने केहीले अझै भएका जटिलता समेत सुल्झाउन प्राधिकरणलाई आग्रह गरे ।

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले ५९ महिना सम्म भुकम्पले क्षति पुगेका संरचना र यससंग उत्पन्न भएका जटिलतामा विभिन्न अभियानमा नागरिकलाई प्रत्यक्ष सहभागी गराएको हो । जसमार्फत गुणस्तरियता, पारदर्शिता, जवाफदेहिता, नागरिक पहुँच, सहजीकरणका विषयलाई सम्बोधन गर्ने भुमिका निर्वाह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *