ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साना पार्टीले मागे स्थानीय निर्वाचनमा आफ्नै दलीय चुनाव चिन्ह

काठमाडौं चैत्र ३० । साना पार्टीले सबै स्थानीय निर्वाचनका लागि सबै पार्टीको आफ्नै चुनाव चिन्ह माग गरेको गरेका छन् । आज बसेको बैठक पछि विवेकशील साझा पार्टीले विज्ञप्ती निकाल्दै चुनाव चिन्ह माग गर्ने निर्णय गरेको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ । ‘निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना पार्टीहरूले जोडदार माग गरेका छन्।‘

बैठकमा विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी काँग्रेस, नेपालवाद पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), आमूल परिवर्तन मसिहा पार्टी, नेपाली काँग्रेस (वी. पी.), राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली जनता दल, नयाँ पिपुल्स पार्टी र आजाद जनता पार्टीका शीर्ष नेतृत्व तथा प्रतिनिधि सहभागी थिए।

बैठकले संघीय संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान अत्यन्त विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधन गर्न माग गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को उक्त प्रावधान संशोधनको आग्रहसहित केही दिनमै निर्वाचन आयोग एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् सचिवालयसहितका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने र संयुक्त रूपमा दबाबमूलक गतिविधि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *