ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

९.२ अर्ब अमेरिकी डलर र २२ लाख रोजगारी अवसर लिन नीतिगत व्यवस्था गर्छौं, अर्थमन्त्री पौडेल

काठमाडौं,चैत ३०। विश्व बैंङ्कबाट आवधिकरुपमा प्रकासन हुने नेपाल डेभलपमेन्ट अपडेटलाई संम्वोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडको दोस्रो वेवले नेपालको अर्थतन्त्रमा चुनौति थप गरेको र यसको क्षति कम गर्न नेपालले आवश्यक कदम चाल्ने बताएका छन् । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोप उपलव्ध गराउन सरकारले तयारी गरिरहेको र थप नेपालीलाई खोप उपलब्ध गराउनका लागि सरकारले गृहकार्य गरिरहेको पौडेल कार्यक्रममा बताए । उनले ७० प्रतिशत नागरिकका लागि खोप उपलव्ध गराउनका लागि यसअघी नै बिश्व बैंकले करिब ८.७ करोड अमेरिकी डलर बराबरको ऋण सहयोगका लागि धन्यबाद दिए ।

विश्व बैंकको उक्त प्रतिवेदन बजेट निर्माणको समयमा आएकाले यसका उपयोगि तथा व्यवहारिक सुझावहरु बजेटमा समावेश गरिने अर्थमन्त्री पौडेलले बताए ।उनले नेपाल सरकारले कोभिड १९ को प्रभावबाट जनताको जिविकोपार्जन रक्षा गर्न , सञ्चालनमा रहेका उद्योग व्यवसायको संरक्षण गर्नका लागि आर्थिक राहात प्याकेज ल्याएको बताए । सिमित स्रोत र साधानको बावजुत बिभिन्न वित्तीय तथा मौद्रिक उपकरण मार्फत राहात प्रदान गरिएको उनले बताए ।

बिश्व बैंकले नेपालको आर्थिक बिकासमा महत्वपुर्ण योगदान गर्दै आएको भन्दै थप सहयोग लिदै अगाडी बढ्दै अर्थमन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गरे ।बिश्व बैंकले प्रस्तुत गरेको प्रतिवेदनले ९.२ अर्ब अमेरकी डलर बराबरको निर्यात साहेयता लिन सक्ने र त्यसबाट २२ लाख रोजगारी सृजना गर्ने सक्ने प्रस्तावप्रति नेपाल सकारात्मक रहेको भन्दै यसलाई अगाडी बढाउन सरकारको तर्फबाट आवश्यक नीतिगत तथा कानूनी पहल गर्ने पौडेलले प्रतिवद्धता ब्यक्त गरे ।

उक्त प्रतिवेदन मार्फत सुझाएका भन्सार शुल्क घटाउने, ब्यापार लागत घटाउने , पर्यटन क्षेत्रको सुधार गर्ने ,दिगो विकासका लक्ष्य , ग्रीन डेभलपमेन्ट र निर्यात बढाउनका लागि दिएको सुझाव यस अघी नै नेपालले नीतिगत ब्यवस्था गरिसकेको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *