ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२२ औं साधारण सभामा महासंघको गुनासो, काम सम्पन्न गरेको ६५ अर्ब भुक्तानी व्यसायीले कहिले पाउने ?

काठमाडौं, चैत २९ । निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रका समस्यामा हेरफेर गरिदिन र गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

२९ गते उद्घाटन सत्रमा निर्माण क्षेत्रमा रहेका कानूनी जटिलताको समाधान, कोभिडले पारेको प्रभाव र अलपत्र तथा नयाँ आयोजना अघि बढाउने विषयमा सरकारले सघाउनु पर्ने व्यवसायीको माग छ । हालसम्म विल पेस भएको र काम सम्पन्न गरेको ६५ अर्ब भुक्तानी समेत लिन बाँकी रहेको गुनासो समेत महासंघका अध्यक्ष रवि सिंहले गर्नुभयो ।

साधारणसभाको उद्घाटन सत्रमा सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले विकाश र समृद्धिको विषयमा आफूहरु सधै सकारात्मक रहेको बताउनु भयो । मन्त्री नेम्वाङले समग्र समस्या सुल्झाउन सहकार्य र छलफलमा सरकार सकारात्मक रहेको पनि बताउनु भएको छ ।

साधारण सभाको बन्द सत्र भने चैत्र ३० गते सोही स्थानमा हुने भएको छ । साधारण सभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङले गरेका हुन् । एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको साधारणसभाको बन्द सत्र चैत्र ३० गते हुने छ ।

कार्यक्रममा निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन समेत गरिएको छ । सोही अवसरमा निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई सम्मानसमेत गरिएको थियो । महासंघको काठमाडौं घोषणापत्र जारी गर्दै साधारण सभा सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *