ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६ वर्षमा १ सय ७ वटा गैंडा थपिए

काठमाडौं चैंत्र २८ । नेपालमा पछिल्लो ६ बर्षमा १ सय ७ वटा गैडा थपिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । विभिन्न निकुञ्जको गणना सकेको मन्त्रालयले यस्तो तथ्याङक सार्वजनीक गरेको हो ।

राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा एक सय ३६ बच्चा,९६ वटा अर्ध वयस्क र ५ सय २० वटा वयस्क गैडा गरी जम्मा ७ सय ५२ गैंडा रहेका छन् ।

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ६ सय ९४ वटा छन् । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएकव मन्त्रालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *