ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शर्मालाई ३ हजार मत अन्तरले पछि पार्दै पोखरेल बने पत्रकार महासंघको अध्यक्ष

काठमाडौं चैत्र २८ । नेपाल पत्रकार महाँसंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रेस युनियन नेपाल निकट प्रेस युनियन ,नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको सम्युक्त प्यानलबाट सम्युक्त उमेद्वार बनेका पोखरेलले ६ हजार ९सय ४२ मत सहित विजयी भएका हुन् ।

एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको की उमेद्वार तथा निकटस्थ प्रतपिस्पर्दी शर्माले ३ हजार ९ सय १५ मत पाएकी छन् । तेस्तै स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीले ४ सय ९१ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित कोषध्यक्ष कलेन्द्र सेजुवाल र लेखनाथ न्यौपाने लेखा समिति संयोजक भएका छन् । महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *