ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदुरपश्चिम प्रदेश सडक निर्माणमा एककदम अगाडी

सुदुरपश्चिम,चैत २८। सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा २ सय ७ किलोमिटर सडक कालापत्रे भएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा मन्त्रालय मातहतका कैलाली,कञ्चनपुर,डडेलधुरा,अछाम,बझाङ र बैतडी गरी ६ वटा जिल्लामा विकास पूर्वाधार आयोजना कार्यालयहरु रहेका छन् । उक्त कार्यालय मार्फत पक्की सडक निर्माणका सम्वन्धि काम भइरहेका छन् ।

‘विभिन्न क्षेत्र बाट कालोपत्रेका लागि छनोट भएर आएका सडकमा दोहोरो लागत लगायतका विषयमा यकिन गरेर तिव्र गतिमा निर्माणको प्रक्रिया थालिएको छ’, भौतिक पुर्वाधार विकास मन्त्रालयका सुचना अधिकारी तथा ईन्जीनीयर छविराज जैशीले जानकारी दिए ।

उक्त सडकमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा लगानी गर्ने तयारी गरिएको समेत ईन्जीनीयर जैशीले बताए । सुदुरपश्रिम सरकार निर्माण भईसकेपछि हाल सम्म प्रदेशमा करिब १ सय २८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । जोशीका अनुसार बहुवर्षिय योजना अन्तर्गत करिब १ सय ६० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।

विभिन्न पालिकाको केन्द्रदेखि राष्ट्रिय सडक सञ्जाल रहेको ठाउँसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना अन्तर्गत कैलालीमा विभिन्न स्थानीय तहकै सिफारिसमा सडकहरु छनोटमा परेको छन् । प्रदेशमा सडक कालोपत्रे गर्ने आयोजना अन्तर्गत कैलालीमा साना र केही ठूला गरी थुप्रै सडकहरु छनोट गरी निर्माण थालिएको स्थानीय विकास पूर्वाधार आयोजना कार्यालय धनगढीले जनाएको छ ।

कैलालीमा ३ दशमलव ८ किलोमिटर मिटरको लम्कीचुहा नगरपालिकाको गुलारा चोक देखी प्रतापपुर जोड्ने सडक कालोपत्रे भईरहेको छ । यस्तै भजनी नगरपालीका देखी सुख्ड जोड्ने २६ किलो मिटर सडक कालोपत्रेका लागी छनोट भएकोमा करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भैसकेको छ भने, बाकी निर्माण कार्यका निम्ती ठेक्का समझौताका प्रक्रिया चालिएको स्थानीय विकास पूर्वाधार आयोजनाका इन्जिनीयर नवराज रावलले बताए ।

यसैगरी बोहोनिया देखी ठूली गाड जोड्ने ३ किलोमिटर,बान्दे्रखाल सडक करिब १० किलोमिटर,चौमाला देखी कनरी जोड्ने करिब ४ दशमलव ५ किलोमिटर सडक कालोपत्रे हुने भएको विकाश पूर्वाधार आयोजनाले बताएको छ । विभिन्न स्थानीय तहकै सिफारिसमा सो सडकहरु छनोट गरिएको आयोजनाले जनाएको छ ।

९० मिटर देखी करिब २ सय ५० मिटर सम्मका अन्य सडकहरु पनि कालोपत्रे हुने प्रक्रियामा रहेका छन् भने प्रदेश सरकारको निर्माण विकासका कार्यमा अझै जोड दिनुपर्ने आवश्यक्ता रहेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *