ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विस्केट जात्रा यसरी सुरु गरियो भक्तपुर बासीले भने खुसीको सीमा छैन्

चैत २८ काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु भएको छ । नौ दिन आठ रातसम्म चल्ने जात्रा आज साँझ झण्डै साडे तिन आसपास टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरु गरिएको हो ।

आज बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५:३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिए संगै दिँउसो करिब साढे तिन आसपासमा टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरु गरिएको हो । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तानेका हुन् । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो जात्रा सन्चालनको तालिका तय गरेको हो ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई राखेर तान्ने गरिन्छ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।

जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने दिन सम्मको आफ्नो पूर्ण तयारी भएको महानगरपालिकाले बताएको छ । गत वर्ष कारोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो । यस वर्ष भने सभ्य र भव्य रुपमा जात्रा गर्न पाउँदा भक्तपुरबासी भने उत्साहित भएका छन् । यो जात्रा तौमढी ९पाँचतले मन्दिर अगाडि० बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *