ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शैक्षिक संस्था तीन साताका लागि बन्द गर्न सीसीएमसीको प्रस्ताब

काठमाडौं चैत २८। कोभिडको नयाँ प्रजाति देखिएको भन्दै सीसीएमसीले बिद्यालय तथा शैक्षिक संस्थाहरु तिन साताका लागि बन्द गर्ने प्रस्ताव गरेको छ । आज बसेको सीसीएमसीको बैंठ्कमा बिज्ञहरुले समेत शैक्षिक संस्था बन्द गर्नका लागि सुझाब दिएको बैंठकमा सहभागिले जानकारी दिएका छन् ।

नयाँ प्रजाजीको कोरोना भाइरस देखिएकाले त्यसका लागि सुरक्षाको मापदण्डहरुको पालना कसरी गर्ने भन्ने लगायतका बिषयमा छलफल भएको बुझिएको छ ।

सरकारले नाइट क्लव , सिनेमा हल र शैक्षिक संस्था जस्ता बढी भिडाभाड र जमघट हुने स्थानहरु केही समयका लागि बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

मुलुक नै पुर्णरुपमा लकडाउन गर्ने वा नगर्ने भन्ने बिषयमा अहिले नै सरकार निर्णयमा पुगि सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयले बिगतका केही दिनहरुमा ५० प्रतिशत भन्दा बढीले कोरोनाको संक्रमण बढेको तथा जटिल प्रकृतिका कोभिडका बिरामीहरु अस्पताल आउन थालेकाले भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

मन्त्रालयका अनुसार मृत्युदर पनि अब केही हप्ता देखी बढ्न चेतावनी पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *