ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइपिएलको उद्घाटन खेलमा मुम्बईमाथि बैंगलोरको जित

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

एजेन्सी चैत्र २८ । १४ औं संस्करणको इन्डियिन प्रिमियर लिग(आइपीएल)को उद्घाटन खेलमा मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ ।शुक्रबार राती भएको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको हो  ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्दैं बैंगलोरले उद्घाटन खेल आफ्नो पक्षमा पार्यो । उद्घाटन खेलमा बैंगलोरका  एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए ।

त्यस्तै ग्लेन म्याक्सवेलले ३९ रन,कप्तान विराट कोहली ३३ रनमा जोड्दाँ वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको जोडे । मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई-दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो ।  मुम्बईका क्रिस लिनले ४९ रन, विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ रनको योगदान दिदाँ  कप्तान रोहित शर्माले १९ रन जोडे ।

सुर्यकुमार यादव ३१ रन हार्दिक पाण्डेय १३ रनमा आउट हुँदा किरोन पोलार्ड र कुर्नाल पाण्डेय समान ७–७ रनमा आउट भए भने मार्को जेनसन र राहुल चाहार शुन्य रनमा पेभिलियन फर्किए । जसप्रित बुम्राह १ रनमा अविजित रहे ।

बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिदाँ केली जेमसन र वासिङटन सुन्दरले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *