ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आहा रारा गोल्डकपको फाइनल आज,बिजेताले १० लाख १ हजार पाउने

पोखरा, चैत्र २८ ।आहा रारा गोल्डकप फुटबलको  फाइनलमा आज संकटा क्लब र अफ्रिकन रुट एसोएिसन खेल्दै छन् ।  पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र अफ्रिकन रुट एसोएिसन भिड्ने भएका हुन् ।

उपाधिको उचाल्न दुवै टिम दिउँसो २ बजे मैदान प्रवेश गर्ने छन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले जीतको दाबी गरेका छन् ।

एपीएफलाई २–० ले हराएर संकटा फाइनलमा पुगेका थियो भने अफ्रिकनले नेपाल पुलिस क्लबलाई २–० ले पाखा लगाएको थियो ।

फाइनल जित्ने टोलीले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार रूपैयाँ पुरस्कार पाउने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *