ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज चैत्र २८ गते शनिवार तपाईको राशिफल

आज मिति २०७७ साल चैत्र २८ गते शनिबार तदनुसार सन २०२१ अप्रिल महिनाको १० तारिख, चैत्र कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  उत्तरभाद्र नक्षत्र, चर्तुदशी तिथी, ब्रम्हा योग, भद्रा करण, आज चन्द«मा मीन राशीमा रहको छ, आज सूर्योदय बिहान ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेटमा हुनेछ ।। आजको शुभ समय बिहानको ११ बजेर ४० मिनेटबाट १२ बजेर ३० मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानकोे ८ बजेर ५५ मिनेटबाट १० बजेर ३० मिनेटसम्म रहनेछ ।

मेष राशी

आज उपलब्धि कम हुने खालको दिन छ, केहि पारिवारिक तथा घरेलु कुराहरुमै व्यस्त रहनु पर्ने अवस्था आउन सक्छ, थाँती रहेका कतिपय कुराहरुलाइ बेलैमा सम्पन्न गरेको खन्डमा मानसिक खिन्नताले सताउने छैन, खर्च माथि नियन्त्रण राख्दै आलस्य वा थकानबाट जोगिनु पर्ने दिन छ,

वृष राशी

ससाना उपलब्धिहरु प््रााप्त हुने खालको दिन छ, उत्साहले मन प्रसन्न रहने छ, विगतदेखि नै प्रयास गरिरहनु भएको छ भने नयाँ काम शुरु हुने अथवा नयाँ सम्बन्धहरु बन्ने योग छ, । मिठो खानपान वा जमघटमा सामेल भइने योग छ , अति आवश्यक कार्यहरुमा तँपाइले केही बाधा आएको महसुस गर्नुहुनेछ तर पनि अरुलाइ दोष नदिइ आज शान्त भएर बस्नु भएमा दिन सुखद रहने छ,

मिथुन राशी

दिन शुभ रहनेछ । अपठ्यारो परिस्थितीबाट मुक्त भइनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा समय राम्रो रहनेछ । स्वास्थय सुधारोन्मुख रहने, आँटेको काममा सफल भइने । भूमि, वाहन सुख को साथै पारिवारीक सुख तथा मित्र सुख प्राप्त हुने समय छ, नयाँ विचार र भावनालाई प्रस्तुत गर्नलाई आज दिन राम्रो छ । पढाइ लेखाइलाइ पनि समय राम्रो छ । विद्यार्थीवर्गलाइ परिक्षा प्रतियोगितामा गरिएको प्रयासले सुख दिनेछ ।

कर्कट राशी

भाग्यले दिने कुरामा आज कन्जुस्याईं गर्नेछ । ोगले सताउने, धर्म कर्ममा मन नजाने, तनावले ग्रस्त बनाउन सक्छ, विवाद अथवा आरोप लाग्ने सम्भावना छ । कुटुम्ब अथवा नजिकको मान्छेसँग कष्ट वा मतभेद हुन सक्छ, पद प्रतिष्ठामा धक्का लाग्ने सम्भावना रहेकोले सचेत हुनु होला, व्यापार व्यवसायमा साझेदारहसँग स्वार्थहरु बाझिनाले तथा आर्थिक विषयमा मतैक्यता नरहनाले दिन नरमाइलो रहन सक्छ, तसर्थ समय र परिस्थिीतीको सही विश्लेषण र सुझबुझ अपनाउनु भएमा दिन सुखद रहनेछ । र

सिंह राशी

तँपाइको भनाइ र गराइले वरिपरिका व्यक्तिहरुको चित्त  दुख्न सक्दछ, अप्रत्यासित प्रतिकूल घटनाहरु हुने  योग भएकोले सावधान रहनु होला, मनमा केही कुराको डरले सताइरहने, पारिवारीक समस्या बल्झने, दुर्घटना वा चोट लाग्न सक्ने अथवा स्वास्थ्यमा समस्या आउन सक्छ, बनिसकेको काम विग्रने योग भएकोले सावधानी अपनाउनु होला, धनमाल आदि नोक्सान हुने, सामनहरु बिग्रने वा हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु होला,

कन्या राशी

दिन राम्रो रहनेछ । धन लाभ, वाहन सुख, वैवाहिक सुख, आदर सत्कार र सम्मानको योग, उत्तम भोजन सुख, व्यापारिक फाइदा, व्यवसाय तथा कार्यालयमा रोकिएको कार्यहरु बन्ने छन ।।  पार्टनरशीपमा व्यवसाय शुरु गर्नलाई राम्रो दिन छ, प्रेम तथा दाम्पत्यको क्षेत्रमा सुखद अवसर प्राप्त हुने र भोग विलासिता को साथै मनोरन्जनमा मन जान सक्छ, आफनो स्रोत, शक्ति र विद्धतालाइ सही कुरामा खर्च गनुभएको खन्डमा भविष्यमा ठूलो लाभ प्राप्त हुनेछ,

तुला राशी

दिन रमाइलो रहनेछ आँटेको काम पुग्ने, निरोगिता प्राप्ति तथा शत्रु बाधाहरु हटने, पारिवारिक, सामाजिक व्यावसायिक तथा आर्थिक पक्ष बलियो हुने, अध्ययन, अध्यापन तथा कर्म क्षेत्रमा सोचेको कुरा हुने सम्भावना छ, पहिले देखि प्रयास गरिरहनु भएको छ भने कार्यहरु सोचे अनुरुप हुने, व्यापार व्यवसायमा ऋण लिनको लागि तथा कसैसँग कुनै पनि विवाद वा झमेला आदिसमाधान गर्नलाई राम्रो दिन छ, प्रयास भने  अवश्य गर्नुहोला ।

वृश्चिक राशी

कुटुम्ब वा सहकर्मीहरुमाझ असमझदारी आउने सम्भावना छ, आयमा बाधा, शोक कष्ट पर्न सक्ने, मन अशान्त हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउन सक्नेछ ।। ईष्या गर्नेहरुले दुख दिन सक्ने, समय त्यतिकै अलमलमा बित्न सक्छ ,यात्रा वा सवारी साधन चलाउँदा ध्यान दिनु होला, सन्तानको तर्फबाट चिन्ता पर्न सक्छ ।  विवादबाट भने आज टाढा बस्नु होला,

धनु राशी

समय अनूकुल नहुन सक्छ, मानसिक तनाव बढन सक्ने, आर्थिक हानी, व्यवसाय हानी, रोजगार तथा कर्म क्षेत्रमा गतिरोधको अवस्था आउन सक्छ, गरेका कामहरु सफल हुन निकै प्रयास गर्नु पर्ने देखिन्छ, आफन्तहरुसँग विवाद वा झमेला हुन सक्ने,  मन स्थिर नरहने, स्वास्थ्यमा समस्या आउन सक्ने देखिएकोले सावधान रहनु होला, लगानीलाइ समय अशुभ छ,

मकर राशी

दिन राम्रो रहनेछ । कुनै नयाँ कुराले मन प्रसन्न हुने, धन लाभ, कार्यमा सफलता, वस्त्र तथा अन्य भौतिक सामाग्रीको खरिद वा लाभ प्राप्ति, मान सम्मान मा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, विरोधीहरु पछाडि हटनेछन्, कर्म क्षेत्रमा सफलता पाइने, छोटो दुरीको भ्रमण हुन सक्ने । रोजगार नयाँ लगानी अथवा नयाँ व्यापार व्यवसायको शुरुवात गर्नको लागि दिन उत्तम छ,

कुम्भ राशी

सचेत हुनु पर्ने दिन छ । मानसिक असन्तोष बढने, व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, मनमा गलत विचारहरु आउने । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, विश्वास गरेका हरुले धोका दिन सक्नेछन्, शारिरिक पीडा, चोटपटक दुर्घटना आदि को योग रहेकोले सावधानी अपनाउनु होला, व्यवसायमा बाधा आउने सम्भावना छ, लगानीलाई समय प्रतिकूल छ, खानपानको गडबडीले स्वास्थ्य समस्या आउन सक्छ । दाम्पन्य सुख र प्रेम सम्बन्धको लागि दिन प्रतिकुल छ ।

मीन राशी

दिन शुभ रहनेछ । भाग्यले साथ दिनेछ । रिस गर्नेहरु पछाडि हटनेछन, धन तथा आर्थिक विषयमा सकारात्मक लाभ र प्राप्तिले तँपाइको मनोबल मा बृद्धि हुनेछ । आँटेको कार्यमा सफलता । कतैबाट वस्त्र, उपहार वा नसोचेको वस्तु प्राप्त हुने । उत्तम तथा मिष्ठान भोजनमा अथवा जमघटमा रमाइने । मित्र तथा बन्धुहरुबाट सुख मिल्ने, सन्तानपक्षबाट सुख पाइने योग छ । रोग र ऋणबाट राहत मिल्ने खालको दिन छ । अध्ययन अध्यापन तथा प्रेम प्रसंगको लागि दिन शुभ रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *