ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको ३ बर्षे शासनकाल भर सिंहदरवारबाट पिना मात्र निस्कियो- प्रवक्ता शर्मा

काठमाडौं, चैत्र २७ । ‘केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखेजस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा लगेर अपहरणको मुद्दा लागेकालाई राखेजस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चाल्र्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ l

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा पोखेको आक्रोष हो । उनले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा सुशासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेप काण्डबारे सार्वजनिक लेखा समितिले छानविन गरिरहेका पूर्वमन्त्रीलाई सोही समितिको सदस्य बनाएको भन्दै आक्रोष पोखे ।

शर्माले ओली सकरकार चाहिने नचाहिने काममा लागेको भन्दै पार्टी एकिकरणलाई समेत तोरी र कोदोको सज्ञा दिए । उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताएका हुन् । उनको भनाई छ- ‘दुर्ईवटैले मुठ्ठी बटारेका छन् ।

दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो उहाँहरूले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन । पिना मात्रै निस्कन्छ । तीन वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओली जीको शासनबाट,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *