ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेससंगको छलफल-ओलीको विकल्पमा जस्लाई पनि समर्थन गर्ने माओवादी, थप छलफल आवस्यक रहेको जसपाको भनाई

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं चैत्र २७ ।सरकारमा जान हतारो नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तत शुक्रबार आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्।
ओलीको विकल्प दिन कांग्रेसले अंग्रसरता देखाउने केन्द्रिय समितिको निर्णय अनुसरा शुक्रबार अन्य दुई दल माओवादी केन्द्र र जसपासंगको बैठकमा यस्तो प्रस्ताव राखेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ, जसपाका अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा भएको छलफलमा पहिलो पटक यस्तो प्रस्ताव राखेका हुन् ।

सरकारको विकल्प सुनिस्चित गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना बनाएको माओवादी केन्द्रले देउवाको प्रस्तावलाई समर्थन गरेपनि जसपाले थप समय माग गरेको छ ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवाले सरकार बनाउने प्रस्ताव राखेको जनाए ‘कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरेको छ, यसबारे यहाँहरूको धारणा के छ भनेर उहाँले धारणा माग गर्नुभएको थियो, केपी ओलीको विकल्पमा नयाँ सरकार जसरी हुन्छ बन्नुपर्‍यो,’ श्रेष्ठले भने, उनले ओलीको विकल्पमा बन्ने सरकारलाई माओवादीको समर्थन रहने प्रष्ट पारे

त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको र आफुहरु छलफल गरेर निर्णय गर्ने जानकारी दिए । उनले भने-‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ’ ।

सरकारमा जना दुवै तर्फबाट अफर आएको जसपाले संविधन संसोधन र पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ताको प्रस्ताव राखेको छ । जस अन्तगत प्रधानमन्त्री ओलीलाई सूचिनै बुझाएको जसपाले देवाबाट समेत आस्वासन पाएको जानाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *