ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादीले संसदमा कारवाही गरेका चार मन्त्रीले पुन लिए मन्त्रीको सपथ

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं चैत्र २७ । माओवादी केन्द्रले सांसदपदबाट कारवाही गरेका ४ मन्त्रीले पुन पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सफथ लिनेमा ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी छन् ।


नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो । तिनै कारवाहीमा परेका ४ मन्त्रीलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोजनियतकाको सपथ खुवाएकी हुन् l

बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *