ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा भित्रीयो कोरोनाको दोश्रो लहर

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं,चैत २७ । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै संक्रमण पुन बढन थालेपछि दोस्रो लहरको त्रास बढेको छ । निकै संक्रामक मानिने कोभिडको युके भेरियन्टस विद्यार्थीमा समेत देखिन थालेपछि महामारीले ठुलै रुप लिन सक्ने भन्दै बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन

कोभिड-१९ विरुद्ध खोप अभियान तिब्र पारिएपनि विश्वका अधिकांश मुलुकमा नयाँ भेरियन्टसँगै संक्रमण पुन बढेको छ । संक्रमणको दोस्रो लहरले भारतका कतिपय राज्य हायलकायल बनेको बेला स्वदेश फर्किनेको संख्या बढेसँगै नेपालमा पनि दोस्रो लहरको त्रास बढेको छ । पछिल्लो समय संक्रमितको संख्या दैनिक बढेको बेला अत्यधिक संक्रामक मानिएको युके भेरियन्ट पनि नेपालमा देखिन थालेको इपिडिमियोलोजी ताथ रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए ।

भारतमा डबल म्युटेसन भेरियन्टसँगै,युके भेरियन्ट,साउथ अफ्रिकन भेरियन्ट,ब्राजिलमा देखिएको पी वन लगायत भेरियन्ट पुष्टि भइसकेको छ । भने नेपालमा पनि युके भेरियन्ट मात्र नभइ अन्य भेरियन्ट प्रवेश भएको हुन सक्ने विज्ञहरु बताउछन् ।

दोस्रो लहर तिब्र रुपमा फैलिएको भारतमा विश्वका विभिन्न मुलुकमा देखिएका भेरिएन्टको प्रकोप तिब्र हुनु र संक्रमण पछि स्वदेश फर्किनेको संख्या बढदै गएकोले नेपाल उच्च जोखिममा रहेको र यसको प्रभाव केहि समय देखिन सक्ने डा सन्तोष दुलालको भनाइ छ ।

जोखिम बढदै गएपछि मन्त्रालयले अति भिडभाड हुने क्षेत्रमा २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको छ । ठुलो संख्यामा भेला हुन नदिने व्यवस्था मिलाउन मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमण बढदै जानु तथा नयाँ भेरिएन्टसको जोखिम उत्तिकै बढनुले थपिदै गएका चुनौतिप्रति सरकार संवेदनशिल रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउछन ।

स्वास्थ्य मापदण्ड पालनामा भएको लापरबाहिले भारतमा पुन संक्रमण तिब्र गतिमा बढिरहेको विज्ञहरु बताउन । यो अवस्थामा नागरिहरुले उच्च सतर्कता अपनाउनुका साथै सरकारले आवश्कय तयारी तथा सीमाक्षेत्रमा कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *