ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बिस्केट जात्रा : घर घरमा स्यानिटाइजर, साबुन र मास्क वितरण

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

भक्तपुर,चैत्र २७ । अदालतले बिस्केट जात्रा सञ्चालनको अनुमती दिएपछी विस्केट जात्राको तयारीलाई तिव्र पारीएको छ । कोरोना महामारी समेत रहेको भन्दै भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ ।

जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड– १९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *