ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकियो, थपमा अनुसन्धान जारी

काठमाडौं, चैत्र २७ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । विभागले  स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट)  तोकेको हो ।

नयाँ मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

त्यस्तै बोडी, सिमी, परवर, भेंडेखुर्सानी, काँक्रो, घिरौंला, प्याज, हरियो फर्सी, पाकेको फर्सी र रायोको साग तथा सुन्तला, आँप र अंगुरको पनि थप जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारणबारे अध्ययन भइरहेको विभागले जनाएको छ । यस्तै आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि विभागले थप गरेको छ ।

उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *