ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश मन्त्री आङ्बोहाङको पनि संसद पद गयो

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

बिराटनगर,चैत्र २७ ।नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री टंक आङ्बोहाङको पनि सांसद पद गुमेको छ।

२०७४ सालको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका आङ्बोहाङ एमाले प्रवेश भन्दै  माओवादी केन्द्रले सांसदबाट हटाउन सभामुखसमक्ष पत्र पठाएको थियो।

सभामुख प्रदीपकुमार भण्डारीले आङ्बोहाङलाई प्रदेश सभा सदस्य पदबाट हटाउन माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गरेको पत्र बिहीबार प्रदेश सभा बैठकमा पढेर सुनाएका थिए । केन्द्रमा समेत बिहिबार नै चार मन्त्रीको संसदपद खोसिएको छ ।  

उनीहरु सवैलाई  मन्त्रीमा निरन्तरता दिन पुन: स्पना गर्ने पक्षमा एमाले रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *