ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज चैत्र २७ गते शुक्रबार तपाईको राशिफल

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

आज मिति २०७७ साल चैत्र २७ गते शुक्रबार तदनुसार सन २०२१ अप्रिल महिनाको ९ तारिख, चैत्र कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  पूर्वभाद्र नक्षत्र, त्रयोदशी तिथी, शुक्ल योग, गर करण, आज चन्द«मा कुम्भ राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेटमा हुनेछ ।। आजको शुभ समय दिउँसोको १२ बजेर ०६ मिनेटबाट १२ बजेर ३१ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको १० बजेर ३१ मिनेटबाट १२ बजेर ०५ मिनेटसम्म रहनेछ ।

मेष राशी

दिन उत्साहमय हुनेछ,  गरेका कार्यको उपलब्धिले स्फूर्ति बढने, आर्थिक लाभ हुने, मित्र भेट वा मित्र बाट फाइदा प्राप्त हुने । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको योजना बन्ने अथवा आय स्रोतको नयाँ कार्यक्रम बन्ने योग छ, कतैबाट शुभ समाचार पनि आउन सक्नेछ । व्यापारी व्यवसायी वर्गलाई राम्रो छ, निवेशको लागि समय उत्तम छ । कसै कसैलाई आज उत्तम भोजन, भोग विलास र रमाइलोमा सहभागि हुने सम्भावना बन्न सक्छ ।  

वृष राशी

ईच्छित फल पाउने अथवा शुभ समाचार आउने सम्भावना छ ।

सन्तति सुख, धन लाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने योग छ । प्रतिद्वन्दीहरु भन्दा अगाडि भइने छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन चाहनु भएको छ भने समय राम्रो छ ।

मिथुन राशी

दिन अनुकुल नरहन सक्छ, अनावश्यक खर्च, गलत कार्य गर्न मन लाग्ने, मनमा पापवृत्ति बढन सक्ने,  सरकारी दन्ड वा झमेलामा फस्न सक्ने, पारिवारीक समस्या, दाम्पत्य सुखमा कमी, मान प्रतिष्ठा मा आघात पर्ने सम्भावना छ, कसै कसै लाई परिवार भित्र कष्टदायी  स्थिती आउन सक्छ । संगतले हानी पुरयाउने योग छ । होश गर्नुहोला ।

कर्कट राशी

दिन प्रतिकुल रहन सक्छ, कुटुम्ब हानी, संचित धनमा नोक्सानी, शत्रु बढने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, अनावश्यक खर्च, झगडा, मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, चोटपटक दुर्घटना जस्ता अनिष्ट फलहरु घटन सक्छन, आज सचेत रहनु पर्नेछ ।

सिंह राशी

समय अनुकुल रहने छ । शारिरिक निरोगिता, बिना व्यवधान कार्यहरु  सम्पन्न हुने, मान सम्मानको प्राप्ति, धन लाभ, वैवाहिक सुख, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पतय सुख, मनोरन्जनमा समय बित्नेछ । रिस गर्नेहरु निसहाय हुनेछन् ।

कन्या राशी

दिन राम्रो रहनेछ । आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुखमा रुचि जाने, आदर सत्कार पाइने, पारिवारिक सुख, रिस गर्नेहरु परास्त हुने, आर्थिक लाभ, सरकारी मुद्दा मामिला लगायत अन्य कुराहरुमा सुसमाचार आउने । लामो यात्रा गर्दा  भने सचेत रहनुहोला, समग्रमा दिन शुभ रहनेछ ।

तुला राशी

सचेत हुनुपर्ने समय चलेको छ । धन हानी, कर्ममा गतिरोध मानसिक खिन्नता, अपयशको भागि बन्नु पर्ने, चोटपटकको भय, पारिवारिक सुखमा बाधा, स्वास्थ्य हानी, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा नहुने, व्यर्थमै अलमलिने खालको समय छ, सन्तान तथा मित्रहरुसँगको विवाद हुन सक्ने भएकोले मौन बस्नु होला ।

वृश्चिक राशी

दिन प्रतिकुल छ । धन हानी, मित्र हानी, आफन्त हानी, बन्धुकुटुम्बबिच सम्पत्ति विवादको कारणले वैमनस्यता बढने सम्भावना छ, रोग, चिन्ता र भयले आक्रान्त पार्न सक्छ, पारिवारिक कलहबाट टाढा रहनहोला, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान र उपलब्धिमा निराशा हात लाग्ने सम्भावना छ । नयाँ साल आउनु अगावै एकपटक चिना देखाउनु होला।

धनु राशी

दिन शुभफलदायी रहनेछ । भाग्यले साथ दिनेछ । आरोग्य र यश वृद्धि, आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र, भाइ बन्धुहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, शत्रु परास्त हुनेछन् ।  दाम्पत्य जीवनमा सुख, प्राविधिक क्षेत्रमा कार्य गर्नेहरुलाइ राम्रो दिन रहनेछ ।

मकर राशी

समय अनूकूल नरहन सक्छ । मानसिक असन्तोष दिने खालको दिन छ । गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, पारिवारिक समस्या बल्झने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षबाट समस्या या विवाद हुन सक्ने, विद्यार्थीहरुको पढाइबाट मन हटने, जथाभावी खानपान तथा मौसमको कारणले स्वास्थयमा प्रतिकुलता आउन सक्ने सम्भावना छ, बोल्दा होश पुरयाउनु भएन भने समस्या निम्तिन सक्छ, राज्य पक्षबाट पनि समस्या निम्तिन सक्छ ।

कुम्भ राशी

दिन लाभदायक रहनेछ, शरीरमा जोश जाँगर बढने, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । लाभ, मान सम्मान प्राप्ति हुने योग छ  । फरक वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सहभागी भइने, घरायसी चिन्ता र सुखमा ध्यान जान सक्ने, अविवाहितहरुको हकमा विवाहको कुरा चल्न सक्ने सम्भावना छ, व्यापार व्यवसायमा परिवर्तन, नयाँ शूरुवात गर्ने राम्रो समय पनि आएको छ, अचल सम्पत्ति लाई धितो राखेर व्यवसायमा लगानी गर्न सकिने योग बनेको छ,

मीन राशी

समय त्यति राम्रो नहुन सक्छ । एक प्रकारको चिन्ता र भयले सताउने, आलस्य, ईष्र्या, विवेकहीनता, मानसिक तनाव जस्ता गलत कुराले मन विचलीत हुन सक्छ, वृत्ति व्यवसायमा संकट वा कम लाभ हुने, आर्थिक पक्षमा गिरावट, यात्रामा कष्ट चोटपटक, आफन्तमा वैरभाव र विवाद हुने, मानहानी, स्थानहानी, राजभय, पदच्यूति जस्ता नकारात्मक फल प्राप्त हुन सक्छन् । आत्मविश्वासलाई गुम्न नदिइ ध्यान पूर्वक रणनिती बनाएर अगाडि बढनु होला । २०७८ साल लाग्नु अगावै एक पटक चिना देखाइ लाभ लिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *