ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैदेशिक साहायत परिचालन २१ प्रतिशतले बृद्धि आइएनजीओको अनुदान घट्यो

काठमाडौं चैत २६ । अर्थ मन्त्रालयद्वारा प्रकाशित विकास सहयोग प्रतिवेदन २०२० अनुसार २०१९/२० मा नेपालले प्राप्त गरेको आधिकारिक विकास सहायता (ओडीए) २ हजार ३ मिलियन अमेरिकी डलर रहेको छ ।
२०१८/१९ मा १५ सय ७८ मिलियन डलर ओडीएको रूपमा प्राप्त भएको थियो, र यसको तुलनामा यस वर्षको ओडीए २१.२% ले वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ ।

विकास सहयोग प्रतिवेदनले २०१९/२०२० मा नेपालले विभिन्न द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूबाट प्राप्त गरेको ओडीए तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू मार्फत प्राप्त गरेको सहयोगको विस्तृत विवरण उपलव्ध गराउने गर्दछ ।

दातृ निकायहरुबाट प्राप्त हुने आर्थिक साहायता ‘ओडीए’ अन्तर्गतको रकम ६९.९% ऋणको रूपमा, १८.७% अनुदानको रूपमा र ११.३% प्राविधिक सहयोगका रूपमा प्रदान गरिएको अर्थमन्त्रालले जनाएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मार्फतको योगदान २०१८/१९ को रकम २१५.३ मिलियन अमेरिकी डलरबाट घटेर २०१९/२० मा १३१.८ मिलियन अमेरिकी डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *