ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदिय समितिमा एमाले र माओवादी छुट्टिन पर्यो-खगराज अधिकारी

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं चैत्र २६ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन संसद बैठकमा माग भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए ।

आफ्ना सांसदहरुले संसदीय समितिमा नेकपा एमाले भएरै प्रतिनिधित्व गर्न चाहेको भन्दै उनले सत्ता पक्षलाई बाध्य पारेर नेकपा बनाउन नहुने टिप्पणी गरेका छन् ।

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले दलगत आधारमा विषयगत समितिमा सांसदहरुको हेरफेरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *