ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विस्का: जात्रा नरोक्न सर्वौच्चको अन्तरिम आदेश स्वास्थ्य मापदण्ड पालना गरेर मनाउने सहमति

काठमाडौं चैत २६ । सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै केही दिन अघि मात्रै जात्रा सन्चालन गर्न नपाउने निर्णय गरेको थियो । सहि जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम विस्का जात्रा नरोक्नने गरि अन्तरिम आदेश जारी गरेको हो ।

यसैत भक्तपुर महानगरले प्रशासनले रोक लगाएपनि स्वास्थ्य मापदण्ड पालना गरि जात्रा मनाउन सबैमा अनुरोध गरेको थियो । यससंगै बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय समेत गरेको थियो । सांसदहरुले समेत ठूला ठूला राजनीतिक सभा सम्मेलन गर्न हुने र जात्रा मनाउन किन नहुने भन्दै संसदमा प्रश्न उठाउँदै आएका थिए । सहि विषयलाई सर्वौच्चको अन्तरिम आदेशले पूर्णता दिएको छ ।


भक्तपुर नगरपालिकाले निकास दिन जति ढिलो हुन्छ समस्या झन् जटिल हुन सक्ने भन्दै जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर पाँचबुँदे निर्णय गरेको छ । सहमतिमा भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने बैठकले निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *