ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आर्मीको श्रीलंका पुलिसमाथि सानदार जित

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । प्लेअफ चरणको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो

आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ३ गोल थपेको थियो । आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा आर्मीका सन्तोष तामाङको डिबक्स बाहिरबाटको सशक्त प्रहार श्रीलंका पुलिसका गोलकिपर दिनेश महिन्दरणले बचाए । १२औं मिनेटमा कप्तान भरत खवासले गोलरक्षक दिनेशलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइन नजिकैबाट निकोलसले क्लियर गर्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाए । ४१ औं मिनेटमा आर्मीले खेल १-१ को बराबरीमा ल्यायो । सन्तोषले डिबक्स बाहिरबाट उत्कृष्ट हाफ भली गोल गरेका थिए ।

४३ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । उनले भरतको क्रसमा हेडमार्फत गोल गरे ।

खेलको ५० औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । श्रीलंका पुलिसका गोलकिपरले पन्च गर्दा आएको बलमा उनले गोल गरेका हुन् भने ८३ औं मिनेटमा सब्सिच्युड खेलाडी सुदिलले गोल गर्दै आर्मीलाई ४-१ को अग्रता दिलाए । उनी ६३ औं मिनेटमा टंकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५-१ को जित दिलाए । श्रीलंका पुलिसका डिफेन्डरको ब्याक पासमा नवयुगले बल खोस्दै गोल गरेका हुन् ।

आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ ।भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउने छन् । समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *