ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रात्रिकालीन व्यवसाय बन्द गर्न सरकारको आग्रह

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं चैत्र २५ । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गर्दै रात्रिकालीन व्यवसायतथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *