ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कैलालीमा कृषी यान्त्रिकरणका सामग्री वितरण

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

कैलाली, चैत्र २५ । कृषी ज्ञान केन्द्र कैलालीले किसानहरुलाई कृषी यान्त्रिकरणका समाग्रीहरु वितरण गरेको छ । कृषी तथा खेतीपातीमा शहजीकरणका साथै कृषी व्यवसाय र उत्पादन बृद्धीका लागी विभिन्न कृषी यान्त्रिकरणका समाग्रीहरु केन्द्रले वितरण गरेको हो ।

कृषी ज्ञान केन्द्र कैलालीका कृषी प्रसार अधिकृत जनक राज बोहराका अनुसार कैलालीका विभिन्न १८ वटा ब्लकहरुलाई कृषि सामग्री वितरण गरेको हो । गत बर्ष १२ वटा ब्लकलाई सामग्री वितरण गरेको केन्द्रले अहिले सो सङ्ख्या बढाएर १८ पुर्याएको हो ।

त्यसैगरी मूख्यमन्त्री कृषी तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत गत वर्षका ७ र यस वर्षका ५ गरी जम्मा कैलालीमा १२ वटा नमुना गाउका कार्यक्रमहरु समेत सञ्चालनमा छन् । १२ वटा मध्ये ३ कार्यक्रम संपन्न भइसकेको केन्द्रको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *