ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीतिक दलको जस्तै देखिएको पत्रकार महासंघको निर्वाचन

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं चैत्र २५ । नेपाल पत्रकार महासंघको ६ दशक लामो इतिहासमा बुधबार पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत पत्रकारले आफ्नो नेतृत्व चयन गर्न पाए । देशका ७७ वटै जिल्लाका करिव १४ हजार मतदाताले मतदान गरे ।

यस अघि पार्शद छान्ने र तिनै पार्सद बाट आफ्नो नेत्रृत्व चुनेका पत्रकारले पहिलोपटक आफ्नो नेता आफै चुन्दाँ उत्साहित देखिन्थे । पत्रकारीतामा देखिएको विसङ्गिती र पत्रकारका समस्या समाधान गर्ने सक्ने नेतृत्व आउने उनीहकरुको अपेक्षा छ ।

निर्वाचनमा नेकपा एमालेको ओली समुह र त्यसको विरुध अडा भएको सम्युक्त प्यानल विच प्रतिसपर्दा हुने धेरैको अनुमान छ । त्यतिमात्र हैन स्वतन्त्र उमेद्वार धेरै भएका कारण पनि नतिजा कस्को पक्षमा भारी हुने हो यकिन गर्न कठिन छ । तर निर्वाचनको परिणाम जस्तो आएपनि मतदातासंग पुगेर गरिएको बाचा जसरी पनि पुरा गर्ने उमेद्वारहरुको प्रतिवद्दता छ ।

अध्यक्षी प्रत्यासी निर्माला शर्मा अघिल्लो कार्यकालमा पनि पत्रकारकै हकहितमा काम गरेको र अव पनि उत्तिकै प्रतिवद्ध रहेको बताउछिन् । त्यस्तै अर्का अध्यक्ष विपुल पोखरेल पत्रकारको हकहितमा सधै लागि पर्ने बताउछन् ।
राज्यको चौथो अंग र स्वतन्त्रताको अवकालत गरेपनि राजनीतिक दलकै जस्तो प्यान खडा भएको भन्दै पत्रकारीर महासंघमाथी नै प्रश्न उठ्ने गरेको छ ।

त्यसमाथी चुनावको टिकट लिन र चुनाव जित्न नै नेताको घर दैलोमा पुग्दा महांसघको गरिमामाथी आच आउन सक्ने महासंघको नेतृत्व गरिसकेका अग्रजहरुको बुझाई छ । महासंघको गरिमा थेग्न सक्ने तेतृत्व आउनु पर्नेमा एक मत भएपनि पार्टीकै प्यानललाई सामन्यरुपमा लिनु पर्ने उनीहरुको बुजाई छ ।

पत्रकारको प्यानलाई राजनीतिसंग जोडेर हेर्न नमिल्ने बताउने महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले बताइरहदाँ अर्का पूर्व अध्यक्ष धर्वेन्द्र झाहाले भने यसलाई सुधार गर्नु पर्ने पक्षमा छन् ।

महासंघको यतिलामो इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान हुदाँ प्रत्येक सदस्यलाई महासंघप्रतिको अवपन्त वोध भएपनि महासंघको चरम राजनीति कम गर्ने भने अझै केही समय कुर्नु पर्ने निश्चित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *