ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य बीमा कार्यक्रम आजबाट ७५ जील्लामा सुरु

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं,चैत २५ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

बुधबार बाट स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ l

कार्यक्रमकव शुभारम्भ गर्दे स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यबिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । मन्त्री त्रीपाठीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिदै । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको समेत बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्य बीमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न सम्बन्धीत सबैलाइ चेतावनी दिनुभयोl

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागु भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाइने छ ।

५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *