ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं ,चैत २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना नेपालमा पनि देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आजको प्रेस ब्रिफीङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले कोरोना महामारी सँग लडिरहेको बेला कोरोनाले नयाँ नयाँ भेरियन्टहरु देखिन थालेकाले सतर्कता बढाउनुपर्ने बताउनु भयो ।

अति घातक युके भेरियन्ट, ब्राजिल भेरियन्ट र दक्षिण अफ्रिका भेरियन्ट नेपालमा देखिइसकेको भन्दै जोखिम बढेको मन्त्रालयको भनाई छ । नयाँ कोरोना भाइरसमा छिटो संक्रमण फैलाउने र कम उमेरका मानिसमा पनि जटिलता ल्याउने विशेषता रहेकाले सतर्क रहन निर्देशक पौडेलले आग्रह गर्नुभयो ।

कतिपय मानिसहरुले खोप लगाएको भन्दै जनस्वास्थ्यका मापदण्ड नअपनाइरहेको पाइएकाले त्यसो नगर्न पनि मन्त्रालयको आग्रह छ । खोपले ७१ प्रतिशत मात्र सुरक्षीत राख्ने भएकाले ढुक्क नभइ जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा केही दिनको तंथ्याक हेर्दा कोरोना द्रुत गतीमा बढिरहेको देखिन्छ । सबै भन्दा धेरै बाग्मती प्रदेशमा कोरोना संक्रमित संख्या बढ्दो रहेको छ । बाग्मती प्रदेशमा गएको हप्ता र अहिलेमा ४६ प्रतिशत वृद्धि भएको छ । समुदायमा फेरि संक्रमण देखिएको विशेषज्ञहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घण्टामा ४ हजार १ सय वटा पिसिआर परीक्षण र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआरबाट २ सय ९८ जना र एन्टिजेनबाट ४१ जना सहित देशभर ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ सय ६३ जना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण थप जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट ७४ जना निको भएका छन् । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव १ रहेको छ ।

देशभर संक्रिय संक्रमित २ हजार २ सय १ जना रहेका छन् भने ६५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर आसियुमा ६५ उपचारत जना र भेन्टिलेटरमा १३ जना रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *