ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको संवन्ध,एक ठाउँमा बस्दा पनि पिडा छुटीदा पनि पिडा

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले पुन सहकार्य गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । उनले केन्द्रले हस्तक्षेप गरेको भन्दै असन्तुष्टी समेत व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले पनि दईजनाको कामको खुलेर प्रशंसा गरेका थिए ।

६० सांसद सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २८ जना सांसद छन भने ३ जना राष्ट्रिय जनमोर्चाका सांसद मुख्यमन्त्रीको पक्षमा छन् । एमालेका २८ सांसद मध्ये एक जना नखनाल नेपाल समुहका सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *