ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनले अनुदानमा प्रदान गरेको भेरोसेल खोप आज बाट लगाउन सुरु

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं,चैत २५।चिनियाँ अनुदानको खोपसँगै नेपालमा कोरोनाविरुद्ध तेश्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । चिनियाँ भेरोसेल खोप पहिलो चरणमा चीन जाने विद्यार्थी, अत्यावश्यक सेवाका कर्मचारी तथा चीनतर्फ व्यापार व्यवसाय गर्नेहरुलाई दिइएको छ ।

चैत १६ गते चीन सरकारले नेपाललाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको (भेरोसेल) ८ लाख डोज खोप प्रदान गरेको थियो । चीन सरकारले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप आफुहरुले सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

चीन सरकारले प्रदान गरेको खोप देशभरका २३ खोपकेन्द्रबाट सञ्चालन भइरहे पनि काठमाडौं उपत्यकामा भने वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ । भने त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि यो खोप अभियान आरम्भ गरीएको छ ।

नेपालमा यस अघि भारतबाट ल्याएको खोपबाट दुइ चरणमा १६ लाख भन्दा धेरै नागरीकहरुलाइ कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । चीनरले उपलब्ध गराएको ८ लाख डोज खोप समेत गरी अहिलेसम्म नेपालमा ३१ लाख ४८ हजार डोज कोरोना खोप भित्रिएको छ । जसमध्ये करिब १६ लाख ७३ हजार डोज खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट खरिद गरिएको १० लाख डोज खोप आउन बाँकी छ ।

चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप कार्यक्रमको सुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ ।

उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चीन जाने पर्खाइमा रहेकाहरुले खोपका लागि प्राथमिकतामा राखेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

खोप लगाउन उल्लेख्य संख्यामा मानिसहरु आइरहेको सिभिल अस्पतालका लेखा अधिकृत चुरामणि गौतमले जानकारी दिए । प्राथमिकतामा राखिएकाहरु उल्लेख्य संख्यामा सहभागी भैरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *