ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पत्रकार महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट आज नेतृत्व छानीदैं

काठमाडौं चैत्र २५ । नेपाल पत्रकार महासंघको इतिहासमा प्रत्यक्ष निर्वाचन प्राणाली मार्फत महासंघको निर्वाचन आज हुदैं छ । करिव ६ दशक इतिहास बोकेको महासंघको निर्वाचनमा पहिलो पटक देशभरका सदस्यले मतदान गर्दै छन् । यस अघि पार्सद छनौट गर्ने र तीनिहरु मार्फत सदस्य छनौट गर्ने गरिन्थ्यो ।

आज हुन लागेको निर्वाचनमा देशभरका कुल १३ हजार बढी पत्रकार महासंघका सदस्यले मतदान गर्दैं छन् । यो पटकको महासंघमा अध्यक्ष पदमा तीन जना उम्मेद्वार छन् । दुई प्यानल र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् ।

अध्यक्षका लागि विपुल पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल-नेपाल समूह)का संयुक्त उम्मेद्वार हुन् । निर्मला शर्मालाई प्रेस चौतारी (ओली समूह)की उम्मेद्वार बनाउदाँ गजेन्द्र बुढाथोकीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *