ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै तुहालो हट्ने संभावना न्यून, सचेत रहन मौसम विभागको आग्रह

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं चैत्र २५ । पछिल्ला केही दिन यता नेपालको आकास धुवा र धुलोले ढाकिएको छ । यो संगै नेपाली आकाश विश्वकै सवै भन्दा प्रदुषित बनेको छ । ठूलो हावाहरी वा ठूलो बर्षात भएमात्र तुवालो हट्ट्ने भएको पनि त्यसको संभावना कम रहेको मौसम पूर्वमानुमान महाशाखाले जनाएको छ ।

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदलीसमेत रहेको महाशाखाले जानकारी दिएको हो ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सार्वजनिक गर्दै महाशाखाले भनेको छ,’देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भु-भागका अधिकांश स्थानमा तुवाँलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २५ गते (बुधबार)दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *