ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनले अनुदानमा प्रदान गरेको खोप २३ वटा खोप केन्द्रबाट दिदै

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं ,चैत २४ । सरकारले चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल)चैत २५ अर्थात बुधबारदेखि खोप लगाउने भएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले खोप लगाउने प्राथमिकता र खोप केन्द्र तोकिसकेको छ।

मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको छ ।

कहाँ कहाँ बाट दिइद‌ै छ त चिनले प्रदान गरेको खोप ?

वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल।

काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी।

ओम अस्पताल चाबहिल, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन।

किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पताल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *