ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुलिस आहा राराको सेमिफाइनलमा

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

पोखरा । नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४-० को अन्तर ले हराउदै आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । रुस्लान थ्री स्टार क्लब प्रतियोगितमा बहिरिएको छ ।

२८ औ मिनेटमा बुद्ध बल तामाङले गोल गरे । थ्री स्टार दोस्रो हाफमा झनै निरिह बन्दा प्रहरीले थप ३ गोल गर्न सफल रहयो। ६७ औ मिनेटमा तेज तामाङले अग्रता दोब्बर गरे।

७३ औ मिनेटमा बुद्ध बलले व्यक्तिगत दोस्रो गोल गरे भने ८५ औ मिनेटमा सौजन राईले एक गोल थप्दा पुलिस दाबेदार थ्री स्टार ४-० ले स्तब्ध हुदै प्रतियोगिता बाट बाहिरियो।

सातपटकको च्याम्पियन पुलिसले अफ्रिकन रूटस एसोसिएसन सँग सेमिफाइनल खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा मछिन्द्र र संकटाबीच बुधबार पहिलो सेमिफाइनलमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *