ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनताको बिचमा गएर सरकार कब्जा गर्ने प्रचण्डको उद्घोष

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

रुकुम,चैत्र २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएको भन्दै पश्चाताप गरेका छन् । ।

.रुकुम पश्चिमको खलंगामा आयोजना भएको जनप्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष दाहालले पार्टीलाई सहयोग गर्ने कार्यकर्तालाई छोडेर एक जना अवसरवदीलाई गृहमन्त्री बनाएर गल्ती गरेको भन्दै पश्चाताप व्यक्त गरे ।

अध्यक्ष दाहालले माओवादी केन्द्र प्रतिपक्षी दलको हैसियतमा पुगेको भएपनि जनताको साथ पाए प्रतिगमन परास्त गर्ने सक्षम रहेको दावी गरे । ‘जनयुद्ध’ र जनआन्दोलनको जगमा निर्मित संविधानका उपलब्धि मास्ने षडयन्त्र भइरहेको भन्दै त्यसको प्रतिरोधका लागि तयार रहन पनि अध्यक्ष दाहालले अपिल गरे ।

अब धेरै समय जिल्लामा र थोरै समय मात्रै काठमाडौंमा बिताउने बताएका अध्यक्ष दाहालले आफू आत्मालोचना गर्न रुकुम आएको पनि दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशलाई प्रतिक्रान्तिमा लिन खोजेको अध्यक्ष दाहालको आरोप छ ।

अहिले आफू नयाँ सरकार गठनको छलफलमा भएको र जनताको बिचमा गएर सरकार कब्जा गर्ने उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *