ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चितवनको ठिमुरा जोड्ने निर्माणाधिन पक्की पुल भत्कियो

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

चितवन चैत्र २४ । चितवनको ठिमुरा र देवघाट जोड्ने त्रिशुली नदी माथी बनिरहेको २२० मिटर लामो र करिव ८.५ मिटर चौडाइ भएको पुलको पिलरको काम अन्तिमजसमध्ये करिव ८० मिटर भाग भत्किएको छ । इलाइट ,एड्भेन्चर र इन्द्रेणी जेभी लगायतका तीन कम्पनीहरु मिलेर काम गरिरहेको यस पुलमा बिगत २१ दिन देखी कालोपत्र गर्ने काम चलिरहेको सडक डिभिजन कार्यालयका बरिष्ठ इन्जिनियर कृष्णराज अधिकारीले बताए ।

‘यो पुल स्ट्रेचिङ्ग प्रकृतिको भएकाले स्ट्रेचको अन्तिम तयारी गरिरहँदा रातको ३ बजे भत्किएको हो , अधिकारीले भने ।कंक्रिट म्याच्योर भएपछी केबल राखेर तनकाएपछी मात्रै पुलले लोड लिने भएकाले २ दिन भित्रमा तनकाउने तयारी गरिरहदा पुल भत्किएको भरतपुर सडक डिभिजन कार्यालले जनाएको छ । पुलको पहिलो स्पानको ४० मिटर भत्कदा त्यसको असरले थप अर्को स्पानपनि ४० मिटरमा भत्किएको कार्यालयले जनाएको छ ।

यो नत्नकाउदा सम्म निकै कम्जोर हुने र निकै उचाईमा राखेर पुलमा कंक्रिट राख्नुपर्ने भएकाले सर्पोटहरु कम्जोर हुँदा पुल भत्किएको हुन सक्ने अनुमान सडक डिभिजन कार्यालयले अनुमान गरेको छ ।
‘अलिकति सर्पोटमा असर गर्यो भने पनि यस खालका स्ट्रेचिङ ब्रिजमा असर पर्ने गर्छ , त्यसै कारणले हामीले २ दिन भित्र नै पुल तनकाउने भनेर तयारी गरिरहेका थियौं । तर आज राति नै पुल भत्कियो’ , कृष्णराज अधिकारीले भने ।


हिजो राति गएको भुकम्पले समेत पुलको सर्पोटमा असर गरेको हुन सक्ने अनुमान भइरहेको छ ।ठेक्केदारहरु सँग कुरा गरेर यसको पुर्ननिर्माणको काम अगाडी बढाइने भएपनि पुल निर्माणमा चाँही ठिलाई हुने बिभागले जनाएको छ । आगामी असारमा निर्माण सम्पन्न गरी गाडी गुडाउने तयारी गरिएको भएपनि अब त्यो संभावना कम भएको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुलमा राखिएको सर्पोटले काम नगर्दा पुल भत्तिकिएको हुन सक्ने प्रारम्भिक अध्ययन सडक डिभिजन कार्यालयले गरेपनि यसको बिस्तृत अध्ययन गर्ने भने बाकी रहेको छ ।२१ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल भत्किएपछी यसको लागत बढ्ने संभावना देखिन्छ । निर्माणको काम सम्पन्न नहुँदा सरकारले रकम निकासा दिएको छैन । जसका कारणले थप काम ठेक्केदार र इन्स्योरेन्स कम्पनीले नै गर्ने गरी सम्झौता गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *