ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भयाबह प्रदुषण

काठमाडौं चैत्र २४,। विगत केही दिन बढेको प्रदूषण मंगलबार समेत काठमाडौं उपत्यका सहित देशका अधिकाँश स्थानमा बढेको छ ।

तुवाँलोले वायुमण्डल ढपक्कै ढाकिरहेको र प्रदूषणको मात्रा अत्याधिक बढेको हुँदा वातावरण विभागले सचेत रहन आग्रह गरेको छ । केही दिन अघि प्रदूषण बढेपछि सरकारले बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय लिएको थियो । काठमाडौंसहित देशका विभिन्न स्थानमा फेरि वायु प्रदूषणको स्तर घातक तहमा पुगेको छ ।

अघिल्लो साता घातक अवस्थामा पुगेको वायुप्रदूषण गत २० गतेदेखि पुन ब्युतिएको छ । सोमबार देखी थप प्रदूषणमा वृद्धि हुँदै गएको वातावरण विभागले बताएको छ । प्रदूषण बढेपछि काठमाडौँ विश्वकै प्रदूषित शहरको अग्र स्थानमा छ । वातावरण विभागका अनुसार २०१ देखि ३०० एक्यूआई धेरै अस्वस्थकर वायुको सूचक हो भने ३०१ देखि ४०० लाई ‘खतरनाक’ मानिन्छ ।

हाल यो मापन गर्दा ४ सय माथी पुगेको वातावरण विभागले बताएको छ । जसमा ५० प्रतिशत मानविय र ५० प्रतिशत प्राकृतिक कारण रहेको विभागले बताएको छ । विश्वव्यापी समस्या केही मात्रामा जोडिएको तर देशको आन्तरिक समस्या प्रदूषणको मुख्य कारण रहेको विभागका उप महानिर्देशक ईन्दु विक्रम जोशिले जानकारी दिए ।

हालको अवस्था भने हावा स्थिर रहेको एकतर्फी बाहिरबाट आएको वायुसंगैका प्रदूषित कणहरु बिचमा अडकिएर बसेको हुँदा पानि पर्ने वा हावा चल्ने भएमा यो समस्या कम हुने विज्ञको । मानविय कारणलाई सुधार्न नीति नियममा भएका समस्यामा निकायहरुबिचमा काम हुनुपर्ने विज्ञको सुझाव छ ।

विज्ञहरुका अनुसार डढेलो, सडकको अवस्था, सवारी साधनबाट निस्किने धुवाँ धुलो, उद्दधोगबाट निष्किएको ग्याँस अनियनत्र्त छोडदा समेत यो समस्या बढ्दै गैरहेको छ । भने विश्वव्यापी भएको वातवारणिय प्रभाव समेत केही आंशिक जोडिएको छ ।

मानविय कारणले देखिएको वातवरणिय असरमा आन्तरिक रुपमा कार्ययोजनाहरु बनाएर काम भैरहेको विभागले बताएको छ । वातावरण विभागले भने यस्तो घातक अवस्थामा पुगेपछि मात्र आफूले सूचना निकाल्ने र एक्सन लिने कार्योजनामा समावेश भएको बताएको छ । विभागका अनुसार देशका अधिकाँश स्थानमा प्रदूषण बढेको छ भने रारामा समेत प्रदूषण भएको छ । देशको पूर्वी भुभागमा भने प्रदूषण कम भएको विभागले बताएको छ ।

आइक्यूएअरका अनुसार सोमबार काठमाडौँको वायुको एक्यूआई ९एअर क्वालिटी इन्डेस्क० ३०७ रहेको थियो भने मंगलबार काठमाडौ उपत्यकाका अधिकाँश स्थानमा ४ सय माथी सम्म पुगेको वातावरण विभागले बताएको छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।

यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ । मंगलबार समेत उक्त जोखिम कायम रहेको हुँदा धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *