ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय प्रविधि पुरस्कार यो बर्ष डा:पुनलाइ

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं,चैत २४ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार दिने निर्णय गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सोमबार बसेको ४४ औं प्राज्ञसभाले डा पुनसहित विविध ११ विधामा १७ जना ब्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

नास्टले कोरोना महामारीको समयमा डा पुनले अध्ययन, अनुसन्धान गर्नुका साथै नागरिकलाई सचेत गराउन प्रमुख भूमिका खेलेको भन्दै यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

यसैगरी, नास्टले यस वर्षको विज्ञान पुरस्कार युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलाई, प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कूलपति राष्ट्रिय नवप्रवर्तद्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा भेषराज थापा र विज्ञान पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ lपुरस्कारका लागि आफु छनोट भएकोमा डा पुनले सोसल मिडिया मार्फत खुसी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *