ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बन्दुकधारीले इजरायलमा जेल आक्रमण गरी १८ सय बढी कैदी भगाए

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

एजेन्सी । बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन् ।

दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर बन्दुकधारीहरु भित्र पसेका थिए। जेलबाट १,८४४ कैदी फरार भएकोमा ६ जना कैदी फर्किएको र ३५ जना नभागेको अधिकारीहरूले बताएका छन् प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ । प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ”अराजकतावादीहरूले” गरेको ”आतङ्कवादको कार्य” भनेका छन्। उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *