ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमित संख्या दैनिक बढ्दो,गत चौबीस घण्टामा २६६ जनामा संक्रमण पुष्टि

काठमाडौं ,चैत २३ । केही समययता नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको ४ हजार ५ सय ३६ वटा नमुना परीक्षणमा देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा ९० ले बढी हो ।

संक्रमण बढ्नुमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताएका छन् ।साथै,भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै रहेकाले संक्रमण अझै बढ्न सक्ने विज्ञहरुको भनाइ छ ।

कोरोनाका कारण थप ४ जनाको मृत्युु भएको छ ।हालसम्म कोरोनाका कारण ३ हजार ३६ जनाको मृत्यु भएको छ । गत चौबीस घण्टामा देशभरबाट १ सय २ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुने संख्या ९८ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा ६४ जना र संक्रीय संक्रमित संख्या १ हजार ८ सय ३२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *