ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको दोश्रो डोज खोप वैशाख ७ देखि ११ गते सम्म,कस्को पालो कहिले ?

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं ,चैत २३ । स्वास्थ्य मन्त्रालयले माघ १४ गते देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लिएका सबै नागरिकहरुलाइ वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय गरेको हो । त्यही निर्णय अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।

कसको पालो कहिले ?

माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकोले _ वैशाख ७ गते ।

माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकोले_ वैशाख ८ गते।

माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकोले _ वैशाख ९ गते।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकोले_ वैशाख १० गते।

माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकोले_ वैशाख ११ गते ।

बिहान १० बजे देखि ४ बजेसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *