ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हेल्प नेपालको अपराजित यात्रा कामयै

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, चैत २३ । विभागीय टोली नेपाल पुलिस क्लबमाथि सहज जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा जितको यात्रालाई निरन्तरता दिएको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा अपराजित यात्रालाई निरन्तरता दिएको हो । सोमबारको जितसँगै हेल्प नेपाल शीर्ष स्थानमा यथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबारै सम्पन्न दिनको अर्को खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफमाथि पनि सोझो सेटमा जित निकाल्यो । आर्मीले एपिएफलाई २५–१५, २५–१८ र २८–२६ को जित निकालेको हो । एपिएफलाई पराजित गरेको आर्मीले अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र आर्मीको समान ९ अंक रहेको छ । यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ ।

अर्को खेलमा मणिमुकुन्दले नयाँबजार सामाजिक क्लबलाई ३–२ को सेटमा हरायो । खेलमा मणिमुकुन्दले सुरुआती दुई सेट २५–२१, २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछिका सेटमा २६–२४ र २५–२२ को जित निकाल्दै नयाँबजार खेलमा फर्किन संकेत देखाएको थियो । तर अन्तिम तथा निर्णायक सेटमा मणिमुकुन्दले १५–१० को सेटमा बाजी मार्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै मणिमुकुन्दले २ अंक जोड्दा पराजित नयाँबजारले तालिकामा १ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबारै सम्पन्न महिला तर्फको स्पर्धामा एपिएफ र भरतपुर मेट्रोले जित निकाले । एपिएफले त्रिभुवन आर्मीलाई १९–२५, २५– १०, २५–१७, २५–२२ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २५–१२, २५–१३ ले पराजित गरेको हो । महिला तर्फ न्यू डायमण्डको ३ खेलबाट ७ अंक र एपिएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शुन्यमा रहेका छ ।

आर्मी र नेपाल पुलिस समान ८ अंकका साथ शिर्षमा रहेका छन् । टिएसीले आज भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफ संग पराजित भएता पनि अंकका आधारमा शिर्षमा रहेको हो । प्रतियोगितामा मंगलबार महिला तर्फ एपिएफ र भरतपुर तथा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने पुरुष तर्फको खेल एपिएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा अन्तिम खेल बुलबुले रारा र मणिमुकुन्द बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *