ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनाङलाई हराउँदै संकटा सेमिफाइनलमा

पोखरा, चैत २३ । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराउँदै संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मस्र्याङदी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।

संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो । पराजयसँगै मनाङ मस्र्याङदी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मस्र्याङदीले ६ पटक उचालिसकेको इतिहास छ ।

मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *