ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेप्सेमा सामान्य अंकको बृद्धि कारोबार रकम भने ७ अर्ब २९ करोड

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र २३ । सेयर बजार परिसुचक नेप्से १.१३ अंकले बढ्दै २६५८.७४ अंकको अलटाइम हाइ बिन्दुमा कारोबार बन्द भएको छ । २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेचबाट ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै ‘क’ बर्ग कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत १।०९ अंकले बढ्दै ४७१.८४ अंकको बिन्दुमा पुगेको छ ।

समूहगत परिसुचक तर्फ हेर्ने हो भने बैंकिङ , बिकास बैंक , वित्त कम्पनी , नीर्जीवन बीमा समूह , जीवन बीमा र लगानी समूहको कारोबारमा घटेको छ । १०६.६१ अंकको गिरावट आएको नीर्जीवन बीमा समूहमा सबैभन्दा बढी कारोबार भएको छ ।

त्यस्तै ब्यापार समूहका कम्पनीहरुको कारोबार सबैभन्दा बढी बृद्धि देखिएको छ । उक्त समूहको सुचाङ्क १३२.६५ अंकले बढेको छ भने होटल तथा पर्यटन समूहको सुचाङ्क ११४.८ अंकले बढ्दै दोस्रो स्थानमा रहेको छ ।

जलबिद्युत समूहको ४६.४९, उत्पादन समूहको २४.८, अन्य समूहको ३३.०२ , वित्त कम्पनीको ३४.६३ र सामूह लगानी कोषको ०.०५ अंकले बढेको छ ।

एनसनआइसी एसीया लघुवित्त कम्पनी , राधी विद्यूत कम्पनी , वोमी लघुवित्त वित्तीय संस्था र सानीमा जनेरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट नजिक रह्यो । त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ३.३६ प्रतिशते गुमाएका छन् ।

३४ करोड ७५ लाख कित्ता सेयर खरिदविक्री गरेको माथिल्लो तामाकोशी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *