ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ब्रिटिस सरकारले स्वाभिमानमा ठेस पुर्याएको भन्दै अवकाश प्राप्त ब्रिटिस गोर्खा सैनिककोआपत्ती

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं चेत्र २३।  ब्रिटिस गाेर्खा सत्याग्रह संयुक्त समितिले अग्र पंक्तिमा रहेर १९९७ पूर्व अवकाश प्राप्त ब्रिटिस स्वार्थका लागि जीवन बलिदान दिने गाेर्खा सैनिक माथि चरम विभेद गरेकाे र अाफ्नाे स्वनभिमान र प्रतिष्ठामा चाेट पुर्याएकाे भन्दै अापत्ति जनाएकाे छ |

ब्रिटेन सरकारकाे अभिन्न अंगकाे रूपमा रहेकाे गाेर्खा सैनिकहरूमाथि ब्रिटेनले चरम विभेदमा पारी समान कामकाे समान ज्याला पाउनबाट बन्चित गराईएकाे भन्दै अापत्ति जननएकाे हाे | समान अधिकारकाे लागि विगत दशकाै देखि संघर्षरत रहँदा र २०६ बर्षको निष्ठाको समेत कुनै वास्ता नगरिएकाे ब्रिटिस गाेर्खा सत्याग्रह संयुक्त समितिले बताएको छ | व्यवहारले समान कामकाे समान ज्याला, अार्थिक सामाजिक तथा सस्कृतिक अधिकार सम्बन्धि सम्झौताको अबमुल्यन भएको र अब आन्दोलनमा जाने उक्त समितिले बताएको छ |

पुस्पा राना घले सचीव
एल बि घिसिङ समकक्षी ब्रिटिस सैनिकहरूले एक महिनामा थाप्ने सुबिधा गोर्खा सैनिकलाई १ बर्षमा दिइएको र जुन १ हजार प्रतिशत कमि हुन जान्छ, नेपाल सरकारले समेत ब्रिटिस सरकारलाई १२
फ्रेबुअरिमा २०२० मा वार्ता गर्न पत्र पठाउँदा समेत हालसम्म पनि पहलकदमी नगरेकाे ब्रिटिस गाेर्खा सत्याग्रह संयुक्त समितिका संयाेजक एल बि घिसिङले बताए | भाेलिनै नेपालका संासद र बेलायतका संासदहरूलाई अपिल पत्र पठाउने उनकाे भनाई छ |

यथाशीघ्र एउटा उच्च स्तरिय वार्ता समिति गठन गरि विभेदकारी मुद्दा सल्टाउन नेपाल र ब्रिटेन सरकारकाे गम्भीर ध्यान पुर्याउन अपिल गाेर्खा सैनिकको छ | समस्या सम्बाेधन नभए अन्तर्राष्ट्रिय कानुन विदकाे सम्मेलन गर्ने, बृहत् सत्याग्रह, अन्तर्राष्ट्रिय निकायमा मुद्दा दर्ता गर्न बाध्य हुने संघर्ष समितिले जनाएकाे छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *