ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना अझ भयावह बन्न सक्छ,सचेत बनौ : स्वास्थ्यमन्त्री

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं,चैत २३ । आइतबार संसद बैठकलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । अब आउदा दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने बताए ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै नेपालमा पनि पछील्लो समय संक्रमित संख्या बढ्दो छ । संक्रमित संख्या बढेसँगै काठमाडौं जील्ला कोभिड १९ रोकथाम तथा नियन्त्रण समिति (डिसिएमसि) को बैठकले काठमाडौं जील्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्धीत नगरपालीकाले हेल्थडेक्स ब्यवस्था गरी अनिर्वाय एन्टिजेन परीक्षण र स्वास्थ्य जाँच गराउनु पर्ने ब्यवस्था गरेको छ । सबै महा / नगरपालीकाहरुमा सञ्चालीन आइसोलेसन केन्द्र र क्वारेनटिन सेन्टरहरुलाइ अत्यावधीक राख्ने आ आफ्नो नगरपालीका भित्र १/१ वटा आइसोलेसन र क्वारेनटिनको ब्यवस्था गर्नुका साथैः स्वास्थयका मापदण्ड पुर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यलय,सबै नागरीक र सुरक्षा निकायले प्रचारप्रचारमा जोड दिदैं अनुगमन गर्ने र मापदण्ड पालना नगरे दण्ड र जरीवाना गर्ने लगायतका निर्णयहरु भएको छन् ।

छिमेकी मुलुक भारतमा एकै दिन लाखौं संक्रमित थपिन थाले सँगैं रोजगारीका शीलशीलामा भारत गएका मानिसहरु विभिन्न नाकाहरु हुदै नेपाल भित्रीन थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्न थालेसँगै सरकारले नाकाहरुमा हेल्थ डेक्स ब्यवस्थापन गर्नुका साथै एन्टिजेन परीक्षण समेत सुरु गरीसकेको छ । भारतबाट फर्कने अंधीकाशमा एन्टिजेन पोजेटिभ आउनुका साथै विभिन्न नाका हुदै नेपाल आएका मध्ये ३ जनामा (युके भेरियन्ट) पहिलेको भन्दा नयाँ प्रजातीको कोरोना भएको पुष्टि भएको छ ।

भारतमा संक्रमणदर बढ्न थालेसँगै नेपाल भित्रीने विभिन्न नाकाको केही दिनयता हेल्थ डेस्कमा गरिएको परीक्षणले भारतबाट कोरोना संक्रमित धमाधम भित्रिएको देखिन्छ  । त्यसैले अहिले अस्पतालहरुमा बिरामीको संख्या वृद्धि हुनुका साथै पिसिआर गराउनेको संख्या पनि बढ्न थालेको छ । केही समय पहिला मात्र कोरोना संक्रमणदर घट्दै गयो भन्दै सम्पुर्ण स्वास्थ्य सेवाहरु सञ्चालन गरेका अस्पतालहरु फेरी कोरोना विशेष अस्पताल हुनुपर्ने अवस्था आउन लागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन डा अनुप बास्तोलाले बताए ।

केही दिन यताको तंथयाकलाइ केलायर हेर्दा नेपालमा कोरोना संक्रमणको संख्या र दरमा वृद्धि हुदै गएको छ । यसलाइ हेर्दा पनि नेपालमा संक्रमणको दर अझै बढेर जाने स्पष्ठ छ ।त्यसैले सतर्कता र जनस्वास्थ्यका अनिर्वाय रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यदि दोश्रो लहरले महामारी लिए पनि आफुहरु यसको लडाइको लागी तयारी रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले बताए ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि जोखिम बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा अपडेट गर्ने तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भइरहेको छ ।आउदा दिनमा पनि त्यस्तै असर नेपालमा पनि पर्न सक्ने विज्ञहरुले बताइरहेका छन । त्यसकारण सबै जना समयमा नै सचेत हुन आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *