ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कर्णाली प्रदेशका ३ मन्त्रीले मंगलबार पत्रकार संवेलन गररै राजीनामा दिने

सुर्खेत चैत्र २३ । कर्णाली प्रदेश एमाले संसदिय दलको बैठकले आफु निकट ३ मन्त्रीले आज अर्थात सोमबार राजीनामा दिने भने पनि उनिहरुले भोलीमात्र राजीनमा दिने भएका छन् ।

मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र १ जना राप्रपाका सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *