ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं चेत्र २३। जिल्ला कोभिड १९  संकट व्‍यवस्थापन समितिलेले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ ।  जिल्ला कोभिड १९  संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने समेत निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

बैठकले  एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।  कोरोना महामारीको संक्रमण बढेन थालेको भन्दै समितिले नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन /क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *