ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा आक्रमक बन्यो प्रतिपक्षी

काठमाडौं चैत्र २३ । संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आक्रामक रुपमा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीको अभिव्यक्तीलाई लिएर प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद प्रधानले प्रधानमन्त्रीले बाहिर बोल्दै हिँड्नु गैर जिम्मेवार, अराजनीतिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

संसदमा आउनुको सट्टा बाहिर बाहिर हल्ला गरेको भन्दै प्रधानले भने -‘प्रतिपक्षले प्रधानमन्त्रीले राजीनामा मागेको छ। सातौं बैठक पुग्दा पनि सम्बोधन गरेको अवस्था छैन। विघटनलाई राष्ट्रपतिकहाँ लगेर पुष्ट्याइ गर्न खोजेको देखियो। बिजनेस दिएन भन्ने छ,’ उनले भने, ‘आफूलाई लागेको कुरा संसदमा आएर राख्ने कुरा बाहिर बोल्नु गलत छ।’ उनले प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन समेत आग्रह गरेका छन् ।

त्यस्तै सांसद मीना सुब्बाले कोरोनाको दोस्रो भेरियन्ट बढ्दा पनि सरकार आफ्नै आन्तरिक बाँसुरीको धुनमा बसिरहेको टिप्पणी गरिन्। उनको भनाई छ-‘हिजोको गल्ती सच्याउने सुरमा पनि छैन। भारतमा निरन्तर कोरोना बढिरहेको छ। भारतबाट फर्किनेको पीसीआर गरेको छैन। यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *